पूर्व राजा ज्ञानेन्द्र काभ्रेमा

admin

काठमाडौं, कात्तिक १९ : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोक पुगेका छन् ।

काभ्रेस्थित धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको ‘दुसित थानी हिमालयन रिसोर्ट’ मा बस्ने गरी पूर्वराजा आएको होटल स्रोतले जनाएको छ ।

‘पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो होटलमा परिवारसहित आउनु भएको छ’ उनले भने, ‘उहाँहरु दुई दिन बस्ने गरि आउनु भएको हो ।’

पूर्वराजपरिवारका सदस्य रिफ्रेसमेन्टका लागि होटलमा आएको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया