जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि तरुण दलले गर्‍यो रक्तदान

admin

काठमाडौं, कात्तिक २० : जाजरकोट भूकम्पमा घाइतेहरुको उपचारका लागि नेपाल तरुण दलले रक्तदान गरेको छ ।

भूकम्प बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तरुण दलले बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

रगतको अभाव भएकाले आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो ।

उहाले भूकम्पपिडितका लागि आर्थिक संकलन गरेको र सहयोग गर्ने बताउनुभयो । रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी रहेका थिए ।

प्रतिक्रिया