काठमाडौं, कात्तिक २१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।
१५ जनाको टोलि सहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह त्यसतर्फ प्रस्थान गर्नुभएको हो । चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागको निमन्त्रणामा आफु नेतृत्वको टोली चीन जान लागेको जानकारी दिनुभयो ।
चीन भ्रमणका क्रममा बिभिन्न पार्टीहरुसंग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने कार्यक्रम रहेको उहाले बताउनुभयो । त्यस्तै अध्यक्ष नेपालले भूकम्पले पिडित भएका जनताका लागि सरकार क्रियाशिल हुनुपर्ने जिकिर गर्नुभयो ।
जनताको चाहनाका आधारमा भूकम्पपिडितका लागि सवै दलहरु एक भएर काम गर्नुपर्ने उहाले बताउनुभयो । चीन भ्रमणसम्पन्न गरेर अध्यक्ष नेपालको टोली आगामी २८ गते फर्कने कार्यक्रम छ ।