राम्रो काम गरेकाले विरोध हुन थाल्यो; सय दिनमा १०७ दिन काम गरेको छु : स्वास्थ्यमन्त्री बस्नेत

admin

काठमाडौं, कात्तिक २२ : स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकाले आफ्नो विरोध सुरु हुन थालेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरणको सिकाई तथा उपलब्धिको समीक्षा कार्यक्रममा मन्त्री बस्नेतले समाजमा राम्रो काम गर्न नसकेकाहरुले विरोध र गाली गर्ने गरेको भन्दै त्यसलाई प्रवाह नगरि कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताउनुभयो ।

उहाले १६ बर्षदेखि रोकिएको स्वास्थ्य रणनीतिहरुलाई आफु मन्त्रालयमा आएपछि पास गरेको र रणनीति अनुसार काम गर्ने वातावरण बनेको दावी गर्नुभयो ।

मन्त्री बस्नेतले १ सय दिनमा १०७ दिन काम गरेकाले नै प्रधानमन्त्रीबाट प्रसंसा पाएको समेत बताउनुभयो । उहाले सवैको सहकार्यमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाले विश्व स्वास्थ्य दिवसका अवसरमा रंगशालामा भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री बस्नेतले चार महिनाकी गर्भवती नविना शाहीलाई पोषण सामग्री प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया