मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने एमालेको निर्णय

admin

काठमाडौं, कात्तिक २२ : नेकपा (एमाले)ले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो ।

पहाडको बिकासको समस्या पहिचान गरि समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रीत हुने उहाले बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौ बैठक गर्ने निर्णय बैठकले गरेको उहाले बताउनुभयो । बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

भूकम्पका कारण घरबास गुमाएकाहरुको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक अभियान सञ्चालन गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।

उहाले प्रभावित क्षेत्रमा राहत बितरण गर्ने क्रममा राजनीतिकरण देखिएकाले पारदर्शी, निष्पक्ष र प्रभावकारी रुपमा राहत अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । बैठकले माघ मसान्तभित्र सम्पन्न गर्ने भनिएको पार्टी जिल्ला अधिवेशन जेठ मसान्तभित्र गर्न सक्ने गरि निर्णय गरिएको ज्ञवालीले जानकारी दिनुभय

प्रतिक्रिया