काठमाडौं, कात्तिक २२ : धनुषाकी आरती साहको न्यायको लागि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले माइतिघर पुगेर साहका परिवारको धर्नामा ऐक्यवद्धता जनाउनुभएको छ ।
साह नेतृत्वको जनता पार्टीले आरती साहका परिवार रहेको स्थल माईतीघरमा पुगेर शान्तिपूर्ण धर्नामा ऐक्यबद्धता जनाएको हो ।
न्यायको पर्खाइमा देशको संघीय राजधानीको मुटु माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति प्रारम्भिक समयदेखि सडकदेखि सदनसम्म पार्टीले नैतिक एवम् भौतिक साथ, सहयोग र ऐक्यबद्धता गर्दै आएको साहले बताउनुभयो ।
उहाले आरती साहको परिवारका जायज मागलाई सम्बोधन गर्दै राज्यले छिटो भन्दा छिटो न्याय दिनुपर्ने धारणा राख्नुभयो । उहाले न्याय मर्न दिने अवस्था राज्यले सिर्जना गर्न नहुने जिकिर गर्नुभयो ।
त्यस्तै सो पार्टीले साहको परिवारलाई न्याय दिन मानवअधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकार्षणसहितको ज्ञापनपत्र बुझाउने जनाएको छ ।