२६ बोरा चिनीसहित एक जना पक्राउ

admin

काठमाडौं, कात्तिक २२ : नुवाकोटको आप्रहबाट चिनी र युरिया मल बरामद भएको छ। प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ।

पन्चकन्या गाउँपालिका-२ कबिलासको आप्रहमा ग१ख ९१४६ नं. को आइचर ट्रकले ठोरी पर्साबाट अवैधरूपमा ल्याएको चिनी र युरिया मल विक्री वितरण गर्दै गरेको सूचना आएपछि २६ बोरा चिनी, अवैध युरिया मल १ बोरासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरी टोलीले अवैध चिनी र मलसहित उक्त गाडी र चालक दीपेश मानन्धरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रतिक्रिया