‘साथीभाइ भएर जम्मा ‘ देउसी भैली गीत सार्वजनिक

admin

काठमाडौं : लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र बिनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक भएको छ ।

यस गीतमा शब्द, संगीत, रमेश पाठक, बिनोद बि.सीकै रहेको छ भने स्वर पनि रमेश पाठक बिनोद बि.सी.र बेनीसा पौडेलको रहेको छ । यस गीतको छाँयाकन तथा सम्पादन ओम प्रसाइँले गरेका छन् ।

टेक लामाले निर्देशन गरेको योे गीतमा कृष्ण रसाल, शिला गजुरेल, रीता सानु,रिहान शंखर लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । बद्लिदो परिस्थिती र अनेकौं नयाँ परम्परा भित्रीदै गर्दा आधुनिक जमानाको परिभेषलाइ चिर्दै आफ्नो रिती रिवाज र परम्परा बचाउने उदेश्यले यो गीत रचना भएको छ ।

गीतको मिक्सिङ/मास्टरीङ नरेन्द्र यिबोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।

यस अघि रमेश पाठकको मायााकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौंनि,लगाएतका गीत सार्वजकि भैसकेका छन् । साथै बिनोद बि.सीको गुलाबको फुल, पच्पन्न झ्याले दरबार, लाको हैन गफ, ब्वाइफ्रेन्ड चाहियो मलाइ ,मायाको पछ्यौरी लगाएतका गीत सिर्जना भैसकेका छन् ।

प्रतिक्रिया