काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले देश र जनताको पक्षमा राम्रा काम गरेको दावी गर्नुभएको छ ।
शनिबार कीर्तिपुरमा आयोजित कीतिपुरका जनतासंग प्रधानमन्त्री प्रचण्ड साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु कतिदिन प्रधानमन्त्री हुन्छु भन्ने कुरा मुख्य नभएको भन्दै आफुले तेश्रो पटक सरकारको नेतृत्व सम्हालेपछि देश र जनताको पक्षमा राम्रा काम गरेको दावी गर्नुभएको हो ।
सामाजिक न्याय सुशासन र समृद्धिको नाराका साथ सरकार अघि बढि रहेको र केहि महत्वपूर्ण पहलहरु गरिरहेको उहाको भनाइ छ । सरकारबाट नयाँ किसिमले काम नगरे संविधान नै धरापमा पर्ने अवस्थामा रहेको उहाले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आवश्यकता र वाध्यताका कारण पार्टी तेश्रो पटक सरकारको नेतृत्वमा आएको र अव काम गर्ने अठोटका साथ आफु अघि बढेको जिकिर गर्नुभयो ।
माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले २०६४ मा फर्किन नसकेपनि २०८४ को निर्वाचनमा ६४ जस्तै जनताको विश्वास लिने चूनौति रहेको धारणा राख्नुभयो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा केही सुधार भएको र बाँकी रहेका समस्या समाधानका लागि तिहारपछि सम्मेलनको आयोजना गरिने जानकारी पनि दिनुभयो ।