सरकारले स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको छ : रवि लामिछाने

admin

काठमाडौं, कात्तिक २५ : रास्वापका सभापति रवि लामिछानेले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भएपनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाउनुभएको हो ।

उहाले जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको समेत बताउनुभयो । लामिछानेले देशको मुहार उज्यालो पार्न आफुहरु आएको भन्दै कुनै पनि गलत काम गर्नेहरुप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अव रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उहाले बताउनुभयो ।

त्यस्तै उहाले नेपाल सम्वतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गर्नुभयो ।

 

प्रतिक्रिया