काठमाडौं, कात्तिक २६ : काठमाण्डाै महानगरपालिका–१४ बल्खुमा एक जना पुरुषकाे शव फेला परेकाे छ ।
बल्खुकाे सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको हाे ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ ।