कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे सडकमा घस्रेर यात्रा

admin

काठमाडौं, मंसिर ३ : कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा प्रणाम यात्रा गर्नुभएको छ ।

पराजुलीले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा सिंघिया घाटसम्म गर्नुभएको हो । घर देखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै यो १९ औं दण्ड प्रणाम यात्रा गरेको बताउनुभयो । उहाले मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको समेत बताउनुभयो ।

विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उहाले बताउनुभयो । दण्ड प्रणाम यात्राका लागि शनिवारदेखि व्रत बसेको उहाले बताउनुभयो ।

 

प्रतिक्रिया