टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

admin

काठमाडौं, मंसिर ५ : सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले एक दर्जन बढी रिटको एकीकृत सुनुवाइ गर्दै टिकटक बन्द गर्नुको कारण देखाउन सरकारको नाममा आदेश जारी गरेको हो ।

तर रिट निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न भने इजलासले अस्वीकार गरेको छ ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकमाथि प्रतिबन्ध लागेसँगै एक दर्जन बढी रिट दर्ता भएका थिए ।

प्रतिक्रिया