ललितपुर महानगरले ल्यायो अत्याधुनिक दमकल

admin

काठमाडौं, मंसिर ६ : ललितपुर महानगरपालिकाले दुईवटा अत्याधुनिक दमकल भित्राएको छ ।

महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गर्नुभयो ।

महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताउनुभयो । नयाँ दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पु¥याउने उहाले बताउनुभयो । पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने दमकलले धेरै नै ठूलो सहयोग पुग्ने उहाको भनाइ छ ।

अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य रु पाँच करोड ६५ लाख रहेको महानगरले जनाएको छ । दमकलले एक सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने बताइएको छ ।

प्रतिक्रिया