भारतबाट ल्याइयो १५ वटा मुर्रा राँगा

admin

काठमाडौं, मंसिर ७ : भारतले नेपाललाई सहायतास्वरुप दिएको उच्च प्रजनन क्षमताका १५ वटा मुर्रा राँगा भारतबाट बुधवार बाँकेको जमुनाहा नाका हुँदै नेपाल ल्याइपुर्‍याइएको छ।

उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भारतले गरेको थियो। ती राँगा ल्याउनका लागि पशु सेवा विभागकी पूर्वमहानिर्देशसहित ४ जनाको टोली भारत गएको थियो।

विद्यमान क्वारेन्टिन प्रक्रिया पूरा गरी नेपाल ल्याइका राँगा लहान‚ पोखरा र नेपालगञ्जको गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन गरिने पशु सेवा विभागले जनाएको छ।

भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा ७ वटा, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा ५ वटा र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा ३ वटा राखिनेछ।

प्रतिक्रिया