श्रीलंका स्टाइलमा नेताको घर–घर जान्छौँ : दुर्गा प्रसाईँ

admin

काठमाडौं, मंसिर ७ : दुर्गा प्रसाईँले भोलि काठमाडौँ बन्दको आह्वान गरेका छन् । भोलि बिहान ११ बजेदेखि आन्दोलन सुरु हुने र भीडले जता भन्छ त्यतै आन्दोलन हुने उनले बताए ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईँले सरकारले घोषणा गरेको निषेधाज्ञा नमान्ने बताउँदै पर्सिदेखि देशभरि प्रदर्शन गर्ने बताए । उनले श्रीलंकामा भएको आन्दोलन जस्तै नेताका घरघरमा जाने समेत घोषणा गरेका छन् ।

उनले भने–‘श्रीलंकामा जे गरेका थिए नि जनताले, जहाँ जहाँ भेट्छन, त्यही त्यही मसाज गर्छन् । अब कसरी हिँड्दा रहेछन् हेरौँ न ठगेर ।

धम्की दिन्थे नि, अब भोलिदेखि उनीहरु जोगिएर हिँडे हुन्छ । कोदो खान नसक्ने मान्छे फाइभ स्टार होटलमा ढल्केर कफी खान्छ हो ५ सय रुपैयाँ कपको ? कहाँबाट पाउँछ पैसा ?’

उनले नेताहरुले बियर समेत विदेशी खाने गरेको दाबी गर्दै भारत जाँदा प्रधानमन्त्रीका छोरी बुहारी बिजनेस क्लासमा बसेर वाइन खाँदै गएको आरोप लगाएका छन् ।

प्रतिक्रिया