काठमाडौं, मंसिर ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पु¥याएको बताउनुभएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वका ठूला देशहरुबाट भएका कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पु¥याएको बताउनुभएको हो ।
जलवायु परिवर्तनका कारण परेको असरका बारेमा सवै भन्दा बढि चर्चा माओवादीले मात्रै गरेको उहाले बताउनुभयो ।
उहाले जलवायु परिवर्तनका असरमा नेपालले उचित न्याय र क्षतिपूर्ति पाउनुपर्ने र नगरेको कामको दण्ड अव नेपालले सहन नसक्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनले पारेको असरको क्षतिपूर्ति नेपालको अधिकार भएकाले यसलाई मुख्य रुपमा अघि सार्ने स्पष्ट पार्नुभयो । आफु नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील रहेको उहाको भनाइ छ ।
उहाले पर्यावरणीय संकटलाई माक्र्सवादी कोणबाट समाधानको बाटो पहिल्याउनका लागि सवै क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।