योगेश भट्टराई चढेको गाडी तोडफोड

admin

काठमाडौं, मंसिर १० : नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडीमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ।

ताप्लेजुङवाट काठमाडौँ फर्कने क्रममा फुङलिङ-४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका थिए। सोही क्रममा भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेको एमालेको ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए।

सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको भट्टराईको गाडी मात्रै फुटेको र मानवीय क्षति नभएको एमालेले जनाएको छ। यसअघि मध्याह्नमा एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडपसमेत भएको थियो भने भट्टराईको निवाससामु प्रदर्शन समेत गरेका थिए।

दशैँं, तिहार, छठ, नेपाल संवत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरू उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङबोले चियापान कार्यक्रम आयोजना गरेका थिए। सोही कार्यक्रमबाट चियापान सकेर फर्कने क्रममा आक्रमण भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यवाहक प्रमुख प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले शुभकामना कार्यक्रम राम्रोसँग सम्पन्न भएको र कार्यक्रम सकेर फर्किने क्रममा ५–६ जनाको समूहबाट एकजनाले ढुंगा प्रहार गरेको जानकारी दिए।

प्रतिक्रिया