एनआरएनएलाई एकतावद्ध बनाउन पुन: निर्वाचन गराउनुको विकल्प छैन: आरके पक्ष

admin

काठमाडौं, मंसिर १२ :गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थाभित्र देखिएको विवाद समाधानका लागि बद्री केसी पक्ष अग्रसर नभएको आरोप लगाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले अक्टोबरमा भएको अनलाइन निर्वाचनमा बिभिन्न त्रुटि देखिएपनि त्यसबाट उत्पन्न विवाद समाधानका लागि अर्को पक्ष अग्रसर नभएको आरोप लगाएको हो ।

अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु परराष्ट्र मन्त्रालयलाई जानकारी गराएपनि कुनै जवाफ नआएको सो समूहको आरोप छ ।

पत्रकार सम्मेलनमा आरके शर्माले आफ्नो लडाई व्यक्तिगत नभएर संस्थागत भएको बताउनुभयो । उहाले छलफलका लागि आउन आग्रह गरेपनि वार्तामा बस्न अर्को पक्ष तयार नभएको पेल्ने नीति लिएर अघि बढेको आरोप लगाउनुभयो । उहाले संस्थाको विश्वास फिर्ता ल्याउन पुन निर्वाचन गर्न सुझाव दिदै आफुलाई चूनाव नलड्न भने आफु तयार रहेको जिकिर गर्नुभयो ।

उहाले सानो घेरामा संस्थालाई लैजान खोजे आफु अन्तिमसम्म पनि संस्थाका लागि लड्ने बताउनुभयो । शर्माले निर्वाचनको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानको रिपोर्ट आफूहरुले बाहिरबाट जानकारी पाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया