बसाइँसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनुपर्छ : मन्त्री बस्नेत

admin

काठमाडौं, मंसिर १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइसराई रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार काठमाडौंमा आयोजना गरेको जनसंख्या र बसाईसराई व्यवस्थापनको सवलिकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाईसराईको चाप शहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताउनुभएको हो ।

उहाले हिमाल र पहाडबाट जनसंख्या शहरी क्षेत्रमा बसाईसराई बढ्दै जाने र शहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरि बढ्नु भविश्यका लागि समेत चिन्ताको बिषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाले चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै जसो युवा जनशक्ति विदेश पलायन भइरहेको भन्दै निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बताउने दावी गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाईसराई बढेको बताउदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया