दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि

admin

काठमाडौं, मंसिर १३ : नेपाल तेक्वान्दो संघको आयोजनामा दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगीता बिहीबारबाट ललितपुरमा सुरु हुने भएको छ ।

संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते बिहीबारबाट १६ गतेसम्म दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगीता गरिएको जानकारी गराएको हो ।

प्रतियोगीतामा पुम्से र ग्यरोगी तर्फगरि ७२ स्वर्ण पदका लागि जम्मा ६५० खेलाडीहरुले सहभागीता जनाउने संघका उपाध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट खेलाडीहरुको राष्ट्रिय वरिताक्रम मापन गरि सोही बमोजिम स्तर र वर्गीकरण गरिने उहाले बताउनुभयो । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीहरुको सहभागीता रहने चन्दले जानकारी दिनुभयो ।

खेलहरु ललितपुरको सातदोवाटोस्थीत तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने संघले जनाएको छ

प्रतिक्रिया