विवाहमा गएका युवकको हत्या

admin

काठमाडौं, मंसिर १४ : कैलालीका एक युवकको हत्या गरिएको छ ।


जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका सामूहिक कुटपिट गरेर घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको हत्या गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

विवाहमा गएका बेला उनको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । कुटपिटबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि लम्कीको लालरत्न अस्पतालमा लगिएको थियो । अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो ।

नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो । टिकापुर अस्पतालमा उपचारको क्रममा अधिकारीको मृत्यु भएको हो ।

प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका ९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी रहेका छन् ।

त्यसै गरी सोही ठाउँका २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया