पार्किङमा राखेको जीप चोरी गर्ने पक्राउ

admin

काठमाडौं, मंसिर १५ : काठमाण्डौमा जीप चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गएको बुधवार बत्तीसपुतलीमा पार्किङ गरिराखेको बा १६ च ८८३९ नबरको जीप चोरी गरेको आरोपमा रामकुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनले गाडी चोरेर बालाजुमा लुकाएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया