काठमाडौं, मंसिर १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताउनुभएको छ ।
महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको बिकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताउनुभएको हो ।
गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र अराजकता फैलिएको र ओरालो लागेको उहाले बताउनुभयो । उहाले सरकारको ध्यान देश बिकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाउनुभयो ।
ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली—मेची अभियान गरिएको जिकिर गर्नुभयो । उहाले एमालेका हरेक नेता तथा कार्यकर्ताहरु आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिनुभयो ।