मुलुकमा स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक छ : दुर्गा प्रसाईं

admin

काठमाडौं, मंसिर १६ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गर्नुभएको छ ।

शनिबार ललितपुरको लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईँले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको भन्दै स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गर्नुभएको हो ।

उहाले कार्यकारी प्रधानमन्त्री, हिन्दु राष्ट्र, प्रदेश खारेज र राजसंस्थाका बिषयमा जनमत संग्रह गर्न चूनौति दिनुभयो ।

प्रसाईँले आफुलाई बिभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिवन्ध लगाएको भन्दै प्रतिवन्धको असर आफुलाई नभई लगाउनेलाई नै हुने जिकिर गर्नुभयो ।

प्रसाईँले आफुहरुको आन्दोलन नागरिकको गाँस बास र कपासको लागि भएको बताउनुभयो । उहाले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया