आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

admin

काठमाडौं, मंसिर १८ : आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा आइतबार हालसम्मकै उच्च मूल्य कायम भएको थियो भने सोमबार उक्त रेकर्ड पनि तोडिएको छ ।

आइतबार छापावाला सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै सोमबार सुनको मूल्यले नयाँ इतिहास रचेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया