एनसेलको शेयर खरिद बिक्री विरूद्ध अनेरास्ववियुको प्रदर्शन

admin

काठमाडौं, मंसिर १९ : निजि दूरसञ्चार प्रदायक एनसेलको खरिद बिक्रि प्रकरण बिरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले मंगलबार काठमाडौंको लैनचौरस्थीत एनसेलको कार्यालय अगाडी प्रदर्शन गरेको हो । एनसेलको खरिद बिक्रि प्रकरणका नितिगत भ्रष्टाचार भएको भन्दै प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले नितिगत भ्रष्टाचार गर्न पाईदैन, एनसेल आय व्यय सार्वजनिक गर, एनसेल खरिद बिक्रिको छानविन गर, एनसेललाइ राष्ट्रियकरण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले पाँच बर्षपछि राज्यको मातहतमा आउने एनसेल नितिगत भ्रष्टाचारका कारण बिक्रि बितरण गर्दा राज्यले केहि गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाले एनसेललाइ राष्ट्रियकरण गर्नुपर्ने माग गर्नुभयो । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विवादित भएको छ ।

प्रतिक्रिया