आज सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

admin

काठमाडौं, मंसिर २१ : आज बिहीबार सुनको भाउ बढ्दा चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ६८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार २१० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ५२ रुपैयाँ तोकेको छ।

प्रतिक्रिया