राप्रपाको निष्कर्ष : सडक आन्दोलन अपरिहार्य

admin

काठमाडौं, मंसिर २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ ।


बिहीबार काठमाडौंमा बसको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको भन्दै यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्षका साथ सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो ।

बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ भने आन्दोलनमा सहकार्यका लागि समान बिचार राख्ने राजनीतिक दलहरु संघ संस्थाहरु र अभियान्तालाई आह्वान गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने उहाले बताउनुभयो । त्यस्तै बैठकले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सवै तहमा उत्सवको रुपमा मनाउने निर्णय भएको उहाले बताउनुभयो ।

बैठकले राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यस सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन र सम्वादन गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उहाले लिङ्देनले बताउनुभयो ।

त्यसैगरि राप्रपाले इलाममा हुने उपनिर्वाचनकोे तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ भने राप्रपा नियमावली २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाई समितिको राय सहित केन्द्रीय समितिको बैठकमा पेश गर्ने निर्णय भएको अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो । उहाले एनसेलको सेयर खरिद बिक्रि प्रकरण राष्ट्रहित बिपरित देखिएकाले राज्यले अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया