एनसेल प्रकरणको उच्चस्तरीय संसदीय छानविन गर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र

admin

काठमाडौं, मंसिर २१ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेल प्रकरणको उच्चस्तरीय संसदीय छानविन गर्न माग गरेको छ ।

बिहिबार सिंहदरबारमा सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउदै अखिलले एनसेलको गतिविधि देशहित बिपरित रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गत उच्चस्तरीय संसदीय छानविन समिति वा विशेष समितिमार्फत छानविन गरि सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न माग गरेको हो ।

अखिलले एनसेल शेयर खरिद बिक्रि प्रकरण आफैमा अपारदर्शी तथा अविश्वसनीय रहेको, पूँजीगत लाभ कर छली तथा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरणमा आलटाल गर्न उदेश्य राखेको जनाएको छ ।

अखिलको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले एनसेलका बिषयमा बाहिर आएका बिषयहेर्दा छानविन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । संसदीय समितिहरुले पनि यस बिषयमा चासो दिईरहेको र यसमा देखिएको विवादलाई निष्कर्षमा पुराउनुपर्ने माग सकारात्मक नै रहेको उहाले बताउनुभयो ।

उहाले एनसेलको भौतिक क्षति नपुराउने गरि दवावका कार्यक्रम गर्न सुझाव दिनुभयो । अखिलले यस बिषयमा सत्यतथ्य छानविनका लागि सरकारलाई दवाव सिर्जना गर्न विरोध लगाएतका कार्यक्रमलाई निरन्तरता दिने कार्यवहाक अध्यक्ष गोविन्द गिरीले बताउनुभयो ।

प्रतिक्रिया