एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालतको आदेश

admin

काठमाडौं, मंसिर २१ : दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद-बिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर लगायतलाई एनसेलको सेयर बिक्री रोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साथै त्यस मितिसम्म सेयर खरिद-बिक्री भएका एनसेलका सेयरहरु दर्ता किताबमा दर्ता नगर्न/नगराउन कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनले दुवै पक्षलाई मंसिर २५ गते बोलाएको छ ।

प्रतिक्रिया