काठमाडौं, मंसिर २९ : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी कैलालीको गेटामा अनशन नबसेरै फर्किनु भएको छ ।
शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन अनशनमा बस्ने घोषणा गर्नुभएको डा.केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँगको वादविवाद पछि अनशन नगरी फर्किनुभएको हो ।
डा.केसीले शुक्रबार दिउँसो सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको थियो ।
डा. केसीको उक्त माग अव्यवहारिक भएको भन्दै संर्घष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर फर्किनु भएको छ ।