पाँच लाख घुससहित वडाध्यक्ष कार्की पक्राउ

admin

काठमाडौं, पुस २: अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले वडाध्यक्ष कार्कीलाइ नगद पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो । जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको छ ।

उनको साथबाट सेवाग्राहीले दिएको पाँच लाख रुपैयाँ घुस रकमसमेत अख्तियार टोलीले बरामद गरेको छ ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको बताइएको छ ।

प्रहरी नियन्त्रणमा रहेको समयमा कार्कीले आफूलाई भू-माफियाले फसाउने षड्यन्त्र गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया