महिलाको हत्या भएको ६ वर्षपछि विमानस्थलबाट पक्राउ परे आरोपी

admin

काठमाडौं, पुस ५ : नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात बर्षअघि एक महिलाको हत्या गरि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

२०७४ पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडी ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका बर्ष ४६ को शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो ।

अधिकारी भने यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए । घटनाको अनुसन्धान गर्दा अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक अप्सरासंगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्यार गरेका थिए । हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केहि नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विश्वकर्मालाई बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया