काभ्रेबाट ८ जना जुवाडे पक्राउ

admin

काभ्रे प्रहरीले पनौतीबाट जुवा तास खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।

पनौती नगरपालिका वडा नम्बर ४ ठाडोबाटोमा रहेको श्री लक्ष्मी काठ फर्निचरमा जुवा तास खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ लाख १६ हजार ७०५ रुपैयाँ नगद र २ बुक तास समेत बरामद भएको छ ।

प्रतिक्रिया