सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

admin

काठमाडौं, पुस १३ : क्रिकेटर सन्दीप लामिछाने किशोरी बलात्कार प्रकरणमा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायधीसले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।

अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपछि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो ।

प्रतिक्रिया