आज घट्यो सुनको भाउ

admin

काठमाडौं, पुस १५ : साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँ घटेको हो।

यस दिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ३ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ७९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैसा तोकेको छ।

प्रतिक्रिया