आज देशभर कहाँको मौसम कस्तो ?

admin

काठमाडौं, पुस १६ : पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

पूर्वानुमान महाशाखाकाअनुसार अहिले बिहान तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

भोलि (मंगलबार) आंशिक बदली भई कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक- दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया