जापान एयरलाइन्स दुर्घटना : अर्को विमानमा रहेका ५ जनाको मृत्यु

admin

काठमाडौं, पुस १७ : जापानकाे हानेदा विमानस्थलकाे रनवेमा दुई वटा विमान ठाेकिँदा तटरक्षक विमानमा रहेका छ मध्ये पाँच जनाकाे ज्यान गएकाे छ ।

विमानस्थलमा अवतरणका क्रममा जापान एअरलाइन्सकाे विमान रनवेमा रहेकाे तटरक्षक विमानमा ठाेकिँदा दुई वटै विमानमा आगलागी भएकाे थियाे ।

आगलागीपछि जापान एअरलाइन्समा रहेका तीन सय ७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षितरूपमा बाहिर निकाले पनि तटरक्षक विमानका पाँच जनाकाे ज्यान गएकाे बीबीसीले जनाएकाे छ ।

विमान ठाेकिएर लागेकाे आगाे दुई घण्टासम्म पनि अग्नि नियन्त्रकले निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन् ।

प्रतिक्रिया