नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक

admin

काठमाडौं , पुस १९ : नेपाल क्रिकेट संघ क्यानले सन २०२४ का लागि आफ्नो बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।


क्यानले बिहिबार किर्तिपुरस्थित टियु मैदान परिसरमा पत्रकार सम्मेलन गर्दै सन २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितलाई समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

वार्षिक क्यालेन्डर अन्तर्गत उमेर समुह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति सहितको खेल उल्लेख गरिएको छ ।

क्यानका अनुसार घरेलु मैदानमा क्यानडासंगको खेल, नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला हुनेछ भने नेपाल प्रिमियर लिग मंसिरमा गर्नेगरि बार्षिक क्यालेन्डरमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो । उहाले नेपाल ए टिम बनाउन लागेको र क्यानडाले सोहि टिमसंगै प्रशिक्षण गर्ने बताउनुभयो ।

खड्काले हङ्कङमा प्रस्तावित चार देशीय खेलको प्रस्ताव आएको बताउनुभयो । खड्काले क्यानले घरेलु प्रतियोगीताहरुलाई पनि प्राथमिकताका साथ राखिएको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले सन्दीप लामिछानेबारे कानूनी सल्लाहकारसंग छलफल भइरहेको भन्दै २५ पुसपछि मात्रै आधिकारीक धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

उहाले एशोसिएटमा नंवर १ बन्ने चूनौति रहेको र यहि प्राथमिकताका साथ क्यान अघि बढ्ने जिकिर गर्नुभयो । खड्काले यसै बर्ष नेपालमा लेभल टु कोचिङ समेत हुने बताउनुभयो ।

प्रतिक्रिया