केकमा गाँजा मिसाएर बेचेकाे आराेपमा एक जना पक्राउ

admin

काठमाडौं , पुस २२ : केकमा गाँजा मिसाएर बेचेको आरोपमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।

महानगरपालिका वडा नम्बर १९ घट्टेकुलो बस्ने २६ वर्षका विशन मानन्धरलाई पक्राउ गरेको ब्युराेका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिनुभयो ।

इन्स्टाग्राममा अकाउन्ट बनाई त्यसमार्फत प्रचार गरेर गाँजा मिसाएको केक बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा मान्नधरलाई घरबाटै पक्राउ गरेको एसपी जाेशीले बताउनुभयो ।

मानन्धरको कोठाबाट प्रहरीले एक सय २१ ग्राम गाँजाको धुलो, तयारी अवस्थाको केकको झोल, तीन किलो सात सय ५४ ग्राम गाँजा लगायत बरामद गरेको छ । उनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसाएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताउनुभयो ।

प्रतिक्रिया