अर्थतन्त्र सुधारका लागि पाँच वटा कानुन खारेज गर्नुपर्छ :उद्योग परिसंघ

admin

काठमाडौं , पुस २३ : नेपाल उद्योग परिसंघले मुलुकमा लगानी आकर्षित गर्नका लागि बिभिन्न कानून सुधार गर्नुपर्ने सुझाव दिएको छ ।

परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकमा लगानी आकर्षित गर्दै समग्र आर्थिक विकासका लागि बिभिन्न कानून सुधार गर्न सरकारलाई सुझाव दिएको जनाएको हो ।

परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक भौगोलिक अवस्थासंग मेल खाने मुलुकहरुको अनुसन्धानत्मक अध्ययन गरि ५ वटा कानून खारेज गर्नुपर्ने, ३ वटा नयाँ कानून ल्याउनुपर्ने जनाएको छ ।

त्यस्तै विद्यमान संशोधन गर्नुपर्ने १८ वटा ऐन तथा १० वटा नियमावली तथा १–१ कार्यविधि तथा आदेशहरुको दफा समेत उल्लेख गरि सुधारका लागि तयार गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिनुभयो ।

मुलुकको विद्यमान कानूनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा पुग्ने उहाले विश्वास व्यक्त गर्नुभयो । उहाले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन अघि नै कानूनहरुमा सुधार गर्ने अपेक्षा गरेको बताउनुभयो ।

उहाले परिसंघको सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, मुख्यसचिवलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया