टेलिभिजनको लाइभमा बन्दुकधारी छिरेर उपद्रो मच्चाएपछि…

admin

इक्वेडरमा बन्दुकधारीहरुको एक समूहले एउटा टेलिभिजनमा लाइभ कार्यक्रम भैरहँदा स्टुडियोमै प्रवेश गरी होहल्ला मच्चाएका छन्। मुख छोपेर आएका बन्दुकधारीहरुले गुयाक्वील सहरको टीसी स्टुडियोको कार्यक्रम बिथोलेका हुन्।​

उनीहरुले कार्यक्रम सञ्चालकलाई नियन्त्रणमा लिई करिब आधा घण्टा उपद्रो मच्चाएका थिए। एक कुख्यात अपराधी कारागारबाट भागेर अपराध बढाउन थालेपछि इक्वेडरमा २ महिने संकटकाल घोषणा गरिएको छ।

संकटकाल घोषणा भएको केहीदिन बित्‍न नपाउँदै अपराधीहरुको समूहले टेलिभिजन स्टुडियोका कर्मचारीहरुलाई समेत धम्क्याएका हुन्। घटना लगत्तै त्यस ठाउँमा प्रहरी परिचालन गरी टेलिभिजनका कर्मचारीहरुलाई सुरक्षित ठाउँमा राखिएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरेको छ। अपराधीहरुको समूहले केहीदिन यतामात्र ७ जना प्रहरी अधिकारीहरुलाई अपहरण गरिसकेका छन्।

इक्वेडरको शान्ति सुरक्षाको टाउको दुखाइ बनेका फितो उपनामका एडोल्फो मासियास भिलामर आइतवार निकै सुरक्षित मानिएको जेलबाट भागेका थिए।
इक्वेडरमा पछिल्लो समय दर्जनौ संख्यामा संगठित आपराधिक समूहहरुले अराजकता मच्चाउँदै आएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया