मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)

admin

काठमाडौं । गायिका मिलन नेवार र गायक सन्तोष कालिकोटेको स्वरमा ‘किन रुन्छ यो दिल’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

सुजनबाबु गुरुङको शब्द तथा संगीत र जीवन बडुको एरेञ्ज रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा अनिल कट्वाल र पुजन घिमिरेको असफल प्रेमकथालाई देखाइएको छ । नेपाली युवा जमातमा भएको पछिल्लो समयको बेरोजगारीको कारण बिदेशिनु पर्ने वाध्यता तथा विभिन्न भ्रमका कारण हुने मनमुटावले असफल पार्ने प्रेमकथालाई भिडियोको विषय बनाइएको छ । कथा अनुसार अनिल पुजनले अभिनयमा मेहनत गरेको देखिन्छ । कथा वियोगान्त छ ।

भिडियोमा बलराम परियार, बिमला लामा र सरोज तिमल्सिनाको समेत सह भूमिका रहेको छ । विजय लामाको टिमले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् भने धनबहादुर लामा (सागर)ले निर्देशन गरेका छन् ।

प्रतिक्रिया