आज बढ्यो सुनको भाउ

admin

काठमाडौं, पुस २७ : आज शुक्रबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बिहिबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ६८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ तोकेको छ।

प्रतिक्रिया