एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गर्‍यो : माधव नेपाल

admin

काठमाडौं, पुस २७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन(समाजवादी)को तेश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफुहरु पहिले रहेका पार्टीका नेताले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरुलाई षड्यन्त्रलाई सफल हुन नदिने बताउनुभयो । उहाले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धनमामात्रै भर नगरि आफ्नो शक्ति निर्माण गर्नुपर्ने जिकिर गर्नुभयो ।

अहिले प्रतिगामी तत्वहरूले व्यवस्थामाथि प्रहार गरिरहेको भन्दै उहाले व्यवस्थाको पक्षमा उभिनेहरुलाई शत्रुको रुपमा हेर्न नहुने बताउनुभयो ।

उहाले आफ्नो पार्टीमा निराशा नभइ आशा रहेकाले मुलुकका सवै तहमा संगठनलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया