उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेनः नेता पौडेल

admin

काठमाडौं,माघ ५ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थीति बनाउन नसकेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेपनि उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थीति बनाउन नसकेको बताउनुभएको हो ।

उहाले देशले लगानी बनाएको व्यक्तिलाई स्वदेशमा प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्न उच्च शिक्षामा राज्यको मुख्य दायित्व हुने धारणा राख्नुभयो ।

प्राथमिक शिक्षालाई अनिवार्य गर्ने र त्यसपछिको शिक्षालाई सीप र श्रमसंग जोड्नेगरि शिक्षा क्षेत्र अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।

पौडेलले बिभिन्न क्षेत्रमा जनशक्ति आवश्यकताका आधारमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाले विश्वविद्यालयमा मेरिट र प्रतिष्पर्धाका आधारमा योग्य र क्षमतावान व्यक्तिलाई लैजानुपर्ने बताउनुभयो । पौडेलले विश्वविद्यालयलाई राजनीतिक भागवण्डा मुक्त बनाउनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया