नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा

admin

काठमाडौं,माघ ५ : काठमाडौंको अत्तरखेलस्थीत नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले कलेजको मेसलाई लिएर निरन्तर धर्ना दिएका छन् ।

कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले एकबर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहिन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै नवौं दिन पनि धर्नामा बसेका हुन् । उनीहरुले अनिवार्य मेस हटाउनुपर्ने, मेसमा कार्ड सिस्टम लागू गर्नुपर्ने माग राखेका छन् ।

प्रशासनले अनिवार्य राखेको मेसमा पारदर्शीता समेत नभएको उनीहरुले जनाएका छन् । एक बर्षमा खानाका लागि डेड लाख रुपैया तिरेपनि मेसको व्यवस्था भने सन्तोषजनक नभएको उनीहरुको भनाइ छ ।

कलेजले मेस सुधार गरेको भनेपनि विविध बिषयमा दुई सय विद्यार्थीको माग सम्बोधन हुन नसकेकाले धर्ना बस्नुपरेको विद्यार्थीहरुको भनाइ छ ।

प्रतिक्रिया