सहकारी पीडितहरूको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

admin

काठमाडौं,माघ ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पिडीतहरुको पैसा सरकारले तिर्नुपर्ने बताउनु भएको छ ।

चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उहाले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

साहारा सहकारीवाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पिडितहरुसंग भेट गर्नुभएको हो ।

सभापति लामिछानेले आफु टेलिभिजनमा रहदा कुनै पनि सहकारी वाट पैसा लिएको कुरा आफुलाई थाहा नभएको भन्दै सहकारी पिडितहरुको पक्षमा आफु रहेको बताउनुभयो ।

उहाले टेलिभिजनमा रहदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र टेलिभिजनमा रहदा संचालनको लागि कुनै पनि सहकारीवाट पैसा ल्याउने निर्णय पनि नभएको बताउनु भयो ।

उहाले सवाल चितवनका सहकारी पिडितको मात्र नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिबेदन तयार पारेको जानकारी दिनुभयो ।

करिव २ सयको हाराहारीमा जम्मा भएका सहकारी पिडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगाएत खान समस्या भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया