अफवाह चिर्न विशेष टिम बनाउने एमाले खेलकुदको निर्णय

admin

काठमाडौं,माघ ६ : नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाउने निर्णय गरेको छ ।

महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्ष निकाल्दै रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको जनाएको हो ।

बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गराएको छ । बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ ।

जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने महासंघले जनाएको छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ ।

महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।

उहाले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रुपमा संगठन सुदृढीकरण, शुद्धिकरण तथा विस्तारमा लाग्ने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया